सृजना कप भलिबलको तयारी पूरा, भोलिबाट पोखरा रंगशालामा हुँदै
पाेखरा | फागुन १५, २०७९
पोखरा: पोखरामा मंगलबारदेखि हुने सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
फागुन १६ देखि १९ सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमले नाम टिपाएको प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए । टिमको यकिन संख्या तथा खेल तालिका सोमबारमात्र सार्वजनिक हुनेछ ।
सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा २०७३ सालदेखि सुरुआत भएको सृजना कपको यो पाँचौं संस्करण हो । प्रतियोगितामा विगतको तुलनामा सहभागी संख्या बढी भएकोले आयोजक पनि उत्साहित छ ।
छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन् । प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउने छन् । गत वर्ष पोखराको भकुण्डेस्थित शान्ता माविले दोहोरो उपाधि जितेको थियो ।
प्रतियोगितामा १२ लाख ५० हजार आम्दानी हुने र ११ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत भलिबल खेलको विकासको निम्ति कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा सहयोग गरिने सिर्जना विकास केन्द्रका निवर्तमान अध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।
प्रतियोगिताको लागि दुवै संस्थाका कार्यसमितिका पदाधिकारी सम्मिलित व्यवस्थापन समिति गठन गरिएको प्रतियोगिता सहसंयोजकसमेत रहेका कास्की जिल्ला भलिबल संघ उपाध्यक्ष लेखनाथ लम्सालले बताए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ मूलनारा तथा ‘स्कुल स्कुलमा भलिबल’ यसको लक्ष्य छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

